काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
सभाले बैंकको चुक्ता पूँजी रु. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वि.सं. २०५९ सालमा स्थापना भए देखिनै सिद्धार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको जनाएको छ ।