Logo

कृषि विकास बैंकको पन्ध्रौ वार्षिक साधारण सभाबाट लाशांश प्रस्ताव पारित

कृषि विकास बैंकको पन्ध्रौ वार्षिक साधारण सभाबाट लाशांश प्रस्ताव पारित



काठमाडौँ । कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७।७८ को बार्षिक साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे विहिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु-सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २७९ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंकको पन्ध्रौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रमेश कुमार केसीको अध्यक्षतामा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप २० प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ । साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

भर्चुअलमाध्यमबाट भएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय-संघ-संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक,कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाशकुमार सन्जेल, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्