Logo

एक हप्तामै बैंकिङ प्रणालीमा ५८ अर्ब निक्षेप थपिँदा ९ अर्ब कर्जा प्रवाह, सीडी अनुपात ९० प्रतिशतबाट तल झर्यो

एक हप्तामै बैंकिङ प्रणालीमा ५८ अर्ब निक्षेप थपिँदा ९ अर्ब कर्जा प्रवाह, सीडी अनुपात ९० प्रतिशतबाट तल झर्यो



काठमाडौं । पछिल्लो हप्ता वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ नयाँ निक्षेप थपिएको छ । अघिल्लो हप्तासम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले गत हप्ता भने निक्षेप बढाउँदै ४३ खर्ब ७ अर्ब पुर्याएका हुन् । यसरी निक्षेप संकलन हुँदा कर्जा लगानी भने अघिल्लो हप्ताको तुलनामा ९ अर्बले बढेको छ ।

अघिल्लो हप्ता ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले गत हप्ता भने ४१ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
तथ्यांक अनुसार यसरी निक्षेप बढेसँगै कर्जा प्रवाहमा केहि खुम्चावटका कारण बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ९० बाट झरेर ८९ दशमलव ६८ प्रतिशतमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL