Logo

अन्तत: सिभिल बैंक र आईएलएफसी मर्जरमा

अन्तत: सिभिल बैंक र आईएलएफसी मर्जरमा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । लामो समयको वहसपछि सिभिल बैंक र इण्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी मर्जरमा गएका छन् ।  यी दुई वित्तीय संस्थाले लामो समयको वहसपछि आजै मर्जरमा जानका लागि सहमति गरेका हुन् ।

आज एक कार्यक्रमबीच मर्जरमा जानका लागि समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आईएलएफसीका अध्यक्ष अञ्जयबहादुर शाहले हस्ताक्षर गरेका हुन् ।

राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि सम्बन्धी योजना अनुरुप यी दुइ संस्थाहरु मर्जरमा जान लागेका हुन् । मर्जरमा जानको लागि सम्झौता भएपनि  सेयर स्वाप रेसियोको भने अहिले नै टुङ्गो नलागेको बताएका छन् । मर्जर पछि हुने बैंकको चुक्ता पूँजी र सेयर स्वाप रेसियो भने डीडीए रिपोर्ट आएपछि मात्र थाहा हुने भएको छ ।

केही समय अघि आईएलएफसीले एभरेष्ट बैंकसँग मर्जरमा जानका लागि छलफल अघि बढाएको थियो । तर, सेयर स्वाप रेसियोलगायतका विषयमा कुरा नमिलेपछि सिभिलसँग मर्जर गरेको हो ।

सिभिल बैंकको चुक्ता पूँजी २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ छ । हालसम्म बैंकले २७ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको २ दशमलव ५४ प्रतिशत रहेको छ ।

यता आईएलएफसीको चुक्ता पूँजी पनि २ अर्ब ८८ लाख रुपैयाँ रहेको छ । यो फाइनान्स कम्पनीमध्ये सवैभन्दा बढी चुक्ता पूँजी भएको संस्था हो । हालसम्म बैंकले १ अर्व ३८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६९ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त संस्थाको खराबकर्जा कुल कर्जा प्रवाहको १७ दशमलव ११ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL