Logo

एनसीसी, कुमारी बैंकलगायत ६ संस्थाको डीडीए शुरु, साढे २ महिनाभित्रै रिपोर्ट तयार

एनसीसी, कुमारी बैंकलगायत ६ संस्थाको डीडीए शुरु, साढे २ महिनाभित्रै रिपोर्ट तयार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय अघिमात्र मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका विभिन्न ६ वटा वित्तीय संस्थाको वित्तीय अवस्थाको मुल्याङ्कन गर्ने ड्यु डेलिजेन्स रिपोर्ट (डीडीए) तयारका लागि काम शुरु भएको छ । एनसीसी बैंक, कुमारी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकको आजबाट डीडीएको काम शुरु गरिएको एक बैंकका संचालकले जानकारी दिए ।

साढे २ महिनाभित्र काम सक्नेगरी आजबाट डीडीएको काम शुरु गरिएको समेत उनले जानकारी दिए । ‘हामीले डीडीएको जिम्मा पीवाईसी कम्पनीलाई दिएका छौं,’ उनले भने, ‘सवै कम्पनीको डीडीए पीवाईसीले नै गर्ने छ ।’ मर्जर पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुग्ने छ । सफल मर्जर भएमा यो नै निजी क्षेत्रको सवैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्ने छ ।

ढिलोमा बैंशाखको पहिलो हप्ताभित्रै डीडीए रिपोर्ट आउने र असारको पहिलो हप्ताबाटै एकिकृत कारोवार शुरु गरिने ती संचालकको भनाइ छ । मर्जर समझदारी अनुसार बैंक संचालक समिति भने चुक्ता पुँजीको आधारमा तय गरिएको छ । जस अनुसार संचालक समितिको अध्यक्ष सहित कुमारीबाट ३ जना, एनसीसीबाट २ र अन्य विकास बैंकबाट १÷१ जनाले प्रतिनिधित्व गर्नेछन् । तर, मर्जर पछि हुने बैंकको नाम तथा प्रमुख कार्यकारी अधिकृत भने पछि नै तय गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL