Logo

२ सहायक कम्पनी स्थापना गर्दै राष्ट्रिय वाणिज्य बैंक, ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन सहयोग

२ सहायक कम्पनी स्थापना गर्दै राष्ट्रिय वाणिज्य बैंक, ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मर्चेन्ट बैंक र लघुवित्त कम्पनी खोल्ने घोषणा गरेको छ । बैंकले आफ्नो सहायक कम्पनीको रुपमा उक्त संस्था खोल्ने धोषणा गरेको हो ।

बैंकको ५१ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बोल्दै बैंकका कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले ग्रामीण तथा विपन्न बर्गमा वित्तीय पहुँच पुर्याउनका लागि २ सहायक कम्पनी खोल्न लागिएको जानकारी दिए । बैंकको शाखा सञ्जाल बढी भएको र २ सहायक कम्नपी खोलेसँगै ग्रामिण क्षेत्रका जनतालाई सहज रुपमा वित्तीय सेवा दिन सकिने समेत उनको दावी छ । तर, कहिलेसम्म खोलीसक्ने भन्ने उनले जानकारी गराएनन् ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । हाल बैंकको सञ्चित नोक्सान १ अर्ब रुपैयाँ भन्दा कममा आइसकेको पन्थीले जानकारी दिए । बैंकले १ सय ६३ शाखा, ८० एटिएम, १० एक्सटेन्सन काउन्टर र ६७ शाखारहित बैंकिङमार्फत जनतालाई सेवा दिँदै आएको छ । हाल ६८ वटा जिल्लामा बैंकको शाखा सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL