Logo

प्रभु बैंकको साधारणसभा सम्पन्न, ५ वर्षे रणनीति सार्वजनिक

प्रभु बैंकको साधारणसभा सम्पन्न, ५ वर्षे रणनीति सार्वजनिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले आफ्नो ५ वर्षे रणनीति सार्वजनिक गर्दै साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले उक्त पुस्तिका सार्वजनिक गरेका हुन् ।

साधारण सभाले बैंक तथा वित्तीय संस्थासँग गरिने मर्जर, एक्विजिशन तथा खरिद प्रक्रियालाई अघि बढाउन संचालक समितिलाई अख्तियारी दिएको छ । साथै, बैंकको चल अचल सम्पतीको कारोवार र मुल्याङ्कनका लागि मुल्याङ्कनकर्ता तोक्ने तथा एक्विजिशन र खरिद प्रक्रियाको समझदारी सम्बन्धी प्रक्रिया अघि बढाउन समेत संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकले मंसिर मसान्तसम्ममा कुल ४५ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, हालसम्म ६ लाख ७८ हजार जनालाई बैंकिङ् सुविधा प्रदान गरिएको समेत बैंकले जानकारी दिएको छ ।

बैंकलाई भर्खरै मात्र राष्ट्र बैंकले ग्राण्डबैंकसँग मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । आगामी फागुनबाटै दुई बैंक मर्ज भएर एकिकृत कारोवार गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL