Logo

सिद्धार्थ बैंकको १९ औं वार्षिकोत्सव : देशका विभिन्न ऐतिहासिक महत्वका स्थानहरुमा सरसफाई कार्यक्रम

सिद्धार्थ बैंकको १९ औं वार्षिकोत्सव : देशका विभिन्न ऐतिहासिक महत्वका स्थानहरुमा सरसफाई कार्यक्रम



काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न लिखित २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको होे ।

प्रदेश १

बनसखन्डी मन्दिर, विराटनगर
श्री कृष्ण प्रणामी मन्दिर, ईटहरी
नमुना मार्ग, दमक
मेन चोक, ईलाम बजार
सुपारी लाइनदेखि हनुमान मन्दिर, काकडभिट्टा

प्रदेश २

शिव मन्दिर, विरगञ्ज चिनी मिल क्षेत्र
राम मन्दिर, जनकपुर

बाग्मती प्रदेश

स्वयम्भूनाथ स्तूप, काठमाडौं
बुढानिलकण्ठ मन्दिर, काठमाडौंड्ड चाबहिल गणेश मन्दिर, काठमाडौं
कमलपोखरी, काठमाडौं
बंगलामुखी मन्दिर, ललितपुर
सुर्यविनायक गणेश मन्दिर, भक्तपुर


गण्डकी प्रदेश

मनकामना मन्दिर
लुम्बिनी प्रदेश
सोमाई माई मन्दिर, भैरहवा
कालिका मन्दिर परिसर, तुल्सीपुर
बागेश्वरी मन्दिर र हडिंया बाबा आश्रम परिसर, नेपालगञ्ज

कर्णाली प्रदेश

बिलासपुर मन्दिर परिसर, दैलेख
कृष्ण मन्दिर र चन्दननाथ मन्दिर परिसर, जुम्ला
कालिका मन्दिर परिसर, मुसिकोट

सुदूरपश्चिम प्रदेश

शिवपुरीधाम, धनगढी
टिकापुर चोकउग्रतारा मन्दिर, डढेलधुरा

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पुरयाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL