Logo

मेगा बैंक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तर बैंकिङ भुक्तानी विद्युतीय प्रणालीमा

मेगा बैंक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तर बैंकिङ भुक्तानी विद्युतीय प्रणालीमा


बिजखबर संवाददाता
0
Shares

विद्युतीय प्रणालीमा अन्तर बैंकिङ कारोवार गर्न मेगा बैंक र नेपाल क्लियरिङ हाउसबीचसम्झौता भएको छ । सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि मेगा बैकलाई प्रणाली उपलब्ध गराउनेछ । त्यसपछि मेगा बैंकले अन्तर बैंक भुक्तानीको सेवा सुरुवात गर्नेछ । सम्झौताअनुसार कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको खातामा भुक्तानी दिने र लिने लगायत कारोबारहरु स्वचालित रुपमा सञ्चालन हुनेछ ।

यो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको रकम स्थानान्तरण, लाभांश भुक्तानी, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन तलब र भुक्तानी, रेमिट्यान्स लगायतका भुक्तानी दिने तथा लिने सेवा सञ्चालन हुने बताइएको छ । प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत सरल भुक्तानी सेवासमेत ग्राहकलाई प्रदान गर्न सकिने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका अहिले देशभर २९ वटा शाखा, ५३ स्थाामा शाखारहित बैंकिङ सेवा, ३२ वटा मेगा मनी मेशिन र १३ सय ४४ भन्दा बढी स्थानमा रेमिट्यान्स सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस्
MBL