Logo

२० प्रतिशत हकप्रद जारी गर्दै प्रभु बैंक, चुक्ता पूँजी ६४ करोड थपिने

२० प्रतिशत हकप्रद जारी गर्दै प्रभु बैंक, चुक्ता पूँजी ६४ करोड थपिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निश्काशन गर्ने भएको छ । बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत असोक शेरचनले जानकारी दिए । हिजोमात्रै नेपाल राष्ट्र बैंकले प्रभु र ग्राण्ड बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको थियो ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २० करोड ८८ लाख रुपैयाँ छ । बैंकले सोही चुक्ता पूँजीलाई आधार मानेर हकप्रद जारी गर्न लागेको हो । जसअनुसार ५ कित्ता सेयर हुनेले १ कित्ता हकप्रद पाउने छन् । हकप्रद जारी पश्चात बैंकको चुक्ता पूजी ६४ करोड रुपैयाँले बढ्ने छ ।

बैंकले २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ग्राण्ड बैंकसंगको मर्जर प्रकृया सकिनै लाग्दा उसले प्रभु बैंकका सेयर धनीहरुलाई मात्र हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले फागुनमा हकप्रदका लागि आब्हान माग गर्ने बताएको छ । गत असोज १४ गतेसम्म कारोबार भएका प्रभु बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् ।

हकप्रदका लागि निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालय र प्रभु बैंकको मुख्य कार्यालय तथा सबै शाखाहरु मार्फत आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL