Logo

प्रभु र ग्राण्डलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, फागुनबाट एकिकृत कारोवार

प्रभु र ग्राण्डलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, फागुनबाट एकिकृत कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र ग्राण्ड बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको आज (सोमबार) बसेको बोर्ड बैंठकले यी दुई बैंकलाई मर्जरमा जान स्वीकृति दिएको हो ।

राष्ट्र बैंकको स्वीकृतिसँगै मर्जर प्रक्रियालाई सकभर चाडो टुङ्ग्याइने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘मर्जको लागि दुवै पक्षबाट सम्पूर्ण तयारी भइसकेको छ,’ उनले भने, ‘फागुनको पहिलो साताबाट एकिकृत कारोवार गर्ने छौं ।’

शुरुमा प्रभुले ग्राण्डलाई एक्विजिसन गर्न सम्झौता गरेको थियो । तर, राष्ट्र बैंकले मर्जरमा जान अनुरोध गरेपछि कात्तिकमा मर्जको सम्झौता गरेका थिए ।

मर्जरमा जानका लागि पनि यी दुई बैंकबीच सेयर स्वाप रेसियो पुरानै कायम हुने भएको छ । जसअनुसार प्रभु बैंकको प्रतिसेयर मुल्य १ सय २१ रुपैयाँ ४५ पैसा र ग्राण्डको प्रतिकित्ता ६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । मर्जपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ९२ करोड पुग्ने छ ।

मर्जर पश्चात बैंकको नाम ‘प्रभु बैंक लिमिटेड’ नै रहने छ । यस्तै बैंकको केन्द्रिय कार्यालय हाल प्रभु बैंक रहेको भवनमै रहने छ । सञ्चालक समितिमा प्रभु बैंकको संचालक समितिले नै निरन्तरता पाउने छ भने प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका अशोक शेरचन नै रहने छन् ।

मर्जपछि बैंकको शाखा तथा काउण्टर संख्या १ सय ३६ पुग्ने छ भने १ सय २३ वटा एटीएम हुने छन् । मर्जरसँगै शाखा तथा एटीएम संख्याको आधारमा निजी क्षेत्रको सवैभन्दा ठूलो बैंक हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL