Logo

अर्थसमितिले बनायो बाफिया संशोधनका लागि उपसमिति, १५ दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन

अर्थसमितिले बनायो बाफिया संशोधनका लागि उपसमिति, १५ दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानून (वाफिया) संसोधनका विषयमा छलफल गर्न अर्थ समितिले उपसमिति गठन गरेको छ । समितिले १५ दिनभित्र वाफियाको दफावार छलफल गरी रिपोर्ट पेश गर्न समेत निर्देशन दिएको छ ।

समितिमा वाफियाको सम्बन्धमा सभासद्हरुबाट फरकफरक मत आएपछि त्यसको लागि ७ सदस्यीय छुट्टै उपसमिति गठन गरिएको हो । उक्त उपसमितिमा सभासद्हरु उदयशम्शेर राणा, दिपक कुइँकेल, इच्छाराज तामाङ, गोमा कुँवर, विमलकुमार केडिया, गोपाल दयित र केदारप्रसाद सञ्जेल रहेका छन् । वाफियामा के–कस्ता विषय संसोधन गर्नु पर्ने हो दफावार छलफल गरी १५ दिनभित्र प्रतिवेदन तयार गरी अर्थ समितिमा पेश गर्ने छन् ।

वाफिया सम्बन्धी आज भएको छलफलमा सभासद् इच्छाराज तामाङले २ पटकभन्दा बढी सञ्चालक बन्न प्रतिबन्ध लगाउने हो भने बैकिङ क्षेत्रमा लगानी आकर्षित गर्न नसकिने बताए । ‘यो व्यवसाय गर्न पाउने मौलिक हकको समेत विरुद्धमा हुन्छ भने निर्वाचनको परिणामलाई स्वीकार गर्ने लोकतात्रिक मान्यता समेत हनन् हुने छ,’ उनले भने ।
अर्का सभासद् उदयशंशेर राणा पनि एउटै व्यक्ति पटक–पटक अध्यक्ष तथा सञ्चालक हुन पाउनुपर्नै धारण व्यक्त गरे । व्यवासयिहरुलाई आप्mनो लगानी संरक्षण गर्न दिन पनि सो व्यवस्था ल्याउनु पर्ने उनको तर्क थियो ।

यसैगरी अर्का सभासद् यज्ञराज सुनुवारले भने विकसित राष्ट्रहरुले पनि विदेशी बैङ्कका लागि आप्mनो भूमि पूर्ण रुपमा खुला नगरेको भन्दै विदेशी लगानीका बैङ्कलाई प्राथमिकता दिने विषयमा सीमा तोक्नुपर्ने बताए । तर, सर्वसाधारलाई सेयर दिने विषयमा भने उदार हुनुपर्ने बताए । यस्तै, सभासद् चुडामणी विक जङ्गली भने वाफियाबाटै सहकारीदेखि बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीको लागि न्यूनतम पारिश्रमिक तोक्नु पर्ने तर्क अघि सारे ।

प्रतिक्रिया दिनुहोस्