Logo

एनएमबिले ल्यायो सुलभ र पर्सनल विजनेस लोन सेवा, ५० लाख रुपैयाँसम्म लिन सकिने

एनएमबिले ल्यायो सुलभ र पर्सनल विजनेस लोन सेवा, ५० लाख रुपैयाँसम्म लिन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनएमबि बैंकले साना तथा मध्यमवर्गका उद्यमीहरुलाई लक्षित गरी ‘एनएमबि बैंक सुलभ कर्जा’ तथा ‘पर्सनल बिजिनेस लोन’ नामक दुई कर्जा सेवा शुरु गरेको छ । साना तथा मध्यमवर्गका उद्यमीहरुका लागि ‘एनएमबि बैंक सुलभ कर्जा’ सेवा शुरु गरिएको बैंकले जानकारी दिएको छ । जस अन्तरगत उद्यमीहरुले ५ दिनमै सहज रुपमा ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

त्यसगरी, बैंकले व्यक्तिगत उद्यमीहरुलाई लक्षित गरी ‘पर्सनल बिजिनेस लोन’ सेवाको शुरु गरेको छ । व्यक्तिगत उद्यमीलाई वित्तीय सुविधा उपलव्ध गराउने उद्देश्य अनुरुप ल्याएको सो सेवा अन्तरगत ३ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने छ । यस्तो कर्जा दर्ता नभएका साना तथा मझौला उद्यमी समेतले लिन सक्नेछन् ।

उक्त सेवाले वित्तीय स्रोतमा पहुँच नभएका वा सीमित पहुँच भएका साना तथा मध्यम श्रेणीका उद्यमीहरुलाई भरपर्दो वित्तीय सेवा उपलव्ध गराउने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL