Logo

अर्थमन्त्री र गभर्नरबीच कुरा नमिल्दा डेपुटी गभर्नर नियुक्तीमा ढिलाई

अर्थमन्त्री र गभर्नरबीच कुरा नमिल्दा डेपुटी गभर्नर नियुक्तीमा ढिलाई


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली भएको १ महिना वित्न लाग्दा पनि नयाँ नियुक्ती भएको छैन । डेपुटी गभर्नर सिफारिसको सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर डा. चिरञ्जीवी नेपालबीच मत बाझिदा हालसम्म नियुक्त हुन नसकेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

दुवै पक्षले आफु नजिकका व्यक्तिलाई डेपुटी गभर्नर बनाउँन खोज्दा हालसम्म सिफारिस नै  हुन नसेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘यदि अर्थमन्त्री र गभर्नरबीच कुरा मिल्ने हो भने डेपुटी गभर्नर सिफारिस २ घण्टामा टुङ्गो लाग्छ,’ ती अधिकारीले भने, ‘तर, दुवैजान बीच मत माझिदा हालसम्म राष्ट्र बैंकले डेपुटी गभर्नर पाउन सकेको छैन ।’ तत्कालिन डेपुटी गभर्नर द्वय महाप्रसाद अधिकारी र गोपाल काफ्लेको पुस ११ गते पदावधि सकिएको थियो ।

हाल डेपुटी गभर्नरको लाइनमा राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशक छन् । तर, दुवै पक्षले राम्रा होइन आफ्नालाई सिफारिस गर्न खोज्दा समस्या उत्पन्न भएको छ । अर्थमन्त्रील पौडेलले गभर्नर डा. नेपाललाई एमाले समर्थित कार्यकारी निर्देशकलाई डेपुटीका लागि सिफारिस गर्न दवाव दिँदै आएको स्रोतको दावी छ । तर, गभर्नरले आफु निकटका काग्रेस समर्थितलाई सिफारिस गर्ने अडान लिँदै बसेको राष्ट्र बैंकले स्रोतले जानकारी दिएको छ ।

डेपुटी गभर्नर नियुक्तीको बल अर्थमन्त्री पौडेलको हातमा पुगेको राष्ट्र बैंकका गभर्नर डा. नेपालले बताए । ‘डेपुटी नियुक्तीका लागि मेरो तर्फबाट काम सकिएको छ,’ उनले भने, ‘अव कहिले नियुक्त हुन्छ भन्ने विषय अर्थमन्त्रीको विचारमा भर पर्छ ।’ अर्थमन्त्रीले चाहेको दिन डेपुटी गभर्नर नियुक्ती हुने समेत उनको जानकारी दिए ।

यता अर्थमन्त्री पौडेलका स्वकीय उपसचिव यम पाण्डेले भने हालसम्म राष्ट्र बैंकबाट डेपुटी गभर्नर नियुक्तीका लागि सिफारिस नआएको जानकारी एिको छ । ‘हालसम्म डेपुटीको लागि गभर्नरबाट सिफारिस आएको छैन,’ उनले भने, ‘आसा गरौं केही समयभित्रै टुङ्गो लाग्ने छ ।’

कनिष्ठलाई सिफारिस गर्न खोज्दा समस्या

अर्थमन्त्री तथा गभर्नर दुवैले डेपुटीमा कनिष्ठ कार्यकारी निर्देशकलाई सिफारीस गर्न खोज्दा समस्या उत्पन्न भएको सम्बद्ध स्रोतको भनाइ छ । दुवै पक्ष यही साउनका बढुबा भएका कार्यकारी निर्देशकलाई डेपुटी बनाउने कसरतमा लागेका छन् । उनीहरु बढुवा भएको ६ महिना नपुगी सिफारिस गर्न नमिल्ने भएकाले पनि ढिलाई भएको हो । गत साउनका ६ जना निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL