काठमाडौं । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडको १२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार सम्पन्न सभाले गत आव २०७१\ ७२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ दशमलव ७० प्रतिशत बोनस सेयर पारित गरेको छ ।
यसैगरी वैंकले मंसिर ११ मा इन्फ्रास्टक्चर,एनसिसि,सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट र एपेक्स डेभलपमेन्टबीच मर्जरका लागि भएको सहमतीपत्र अनुमोदन गरेको छ ।
साथै अन्य बैंक तथा वित्तिय संस्थहरुसँग गाभ्ने, गाभिने वा एक्वीजिसन सम्वन्धि समझदारीपत्र तर्जुमा गर्नेलगायत अन्य प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
सभामा बैंक अध्यक्ष इमानसिंह लामाले बैंकले यस बर्षबाट सेयर धनीहरुलाई लाभांश वितरण गर्न थालेको बताए । साथै भविष्यमा मर्जरका माध्यमबाट वाणिज्य बैंकमा परिणत भई सशक्त संस्था बन्न लागेको जानकारी दिए ।