काठमाडौं । मेगा बैंकको अध्यक्षमा भोजबहादूर शाह चयन भएका छन् । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले शाहलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाह स्थापनाकालदेखि बैंकको सञ्चालक सदस्य थिए ।
आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सदस्य चयन गरेको थियो । सोहीमध्येबाट शाहलाई अध्यक्ष बनाइएको हो । यस्तै, साधारण सेयरधनीबाट २ जना निर्वाचित भएका थिए ।
बैंक संचालक समिति सदस्यहरुमा गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी, ईश्वरबहादुर गुरुङ, चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल निर्वाचित भएका छन् ।