Logo

नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न, प्रस्तावित विधान पारित

नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न, प्रस्तावित विधान पारित



काठमाडौं । नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेसन सम्पन्न भएको छ । राजधानिमा सम्पन्न विशेष महाधिवेसनले प्रस्तावित विधानलाई पारित गरेको हो ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याउने लक्ष्य लिएको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको उल्लेख गरे ।

नबिल बैंक कर्मचारी युनियनका अध्यक्ष सबिन भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी एवं विभिन्न बैंक तथा वित्तिय संघसंस्थाका प्रैतिनिधिको सहभागिता थियो । कार्यक्रम सहभागिले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिँदै कर्मचारीको हककितको लागि स्थापना भएको संघले सामाजिक सुरक्षा कोषविरुद्धको आन्दोलनमा शसक्त्त भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरेका थिए ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । बैंकको कर्मचारी संघमा बैंकका साखा र उपशाखामा रहेका कर्मचारीहरुको सदस्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्