काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’मा सेञ्चुरी बैंक खाता लिंक गर्ने जो कोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । खल्तीका अनुसार यसका अतिरिक्त एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
यो बोनस अफर पहिलोपटक सेञ्चुरी बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले शर्त राखेको छ ।
उक्त लिंक गरिएको सेञ्चुरी बैंक अकाउन्टबाट खल्तीमा विना लोड भुक्तानी तुरुन्तै गर्न सकिने कम्पनीले जनाएको छ । सय रुपैयाँ बोनस अफर मंसिर ३ देखि पुस ४ सम्मका लागि हो ।