Logo

नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबद्वारा शपथ ग्रहण

नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबद्वारा शपथ ग्रहण



काठमाडौँ । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।

अध्यक्ष एआरएम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंकको उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्