Logo

सानिमा बैंकको प्राथमिक काउन्टर कुमारीपाटीमा, झन्झटमुक्त र विशेष सेवाहरु प्रदान गर्ने

सानिमा बैंकको प्राथमिक काउन्टर कुमारीपाटीमा, झन्झटमुक्त र विशेष सेवाहरु प्रदान गर्ने



काठमाडौ । सानिमा बैंकले अर्को प्राथमिक काउन्टर ललितपुरको कुमारीपाटीमा पनि सञ्चालनमा ल्याएको छ । यसअघि नागपोखरी, नक्सालमा मात्र रहेको केन्द्रीय कार्यलयलाई थप विस्तार गर्दै बैंकले कुमारीपाटीमा समेत विस्तार गरेको हो ।

बैंकले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त स्थानमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कुमारीपाटीमा आफ्नो प्राथमिकता ग्राहकहरुलाई झन्झट मुक्त र विशेष सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

विशेष प्राथमिकता लाउन्ज बैंकिङ आवश्यकताहरू पूरा गर्न पनि सो स्थानमा बैंकिङ काउन्टर स्थापना गरिएको बैंकले जनाएको छ । प्राथमिकता काउण्टरको उद्घाटन बैंकका मुख्य निक्षेप अधिकृत सरोज गुरागाईंले गरेका छन् । हाल सानिमा बैंकले देशैभरी ११७ कार्यालय तथा शाखा सञ्जाल र ९७ वटा एटिएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL