Logo

बैंक अफ काठमाण्डू र सन स्टार होटलबीच समझदारी, बैंकका ग्राहकलाई विशेष छुट

बैंक अफ काठमाण्डू र सन स्टार होटलबीच समझदारी, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सन स्टार होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।

यस सम्झौतापछि ग्राहकले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL