Logo

ग्लोवल आईएमई र क्लियरिङ हाउसवीच सम्झौता, अन्तर बैंक भुक्तानी विद्युतीय प्रणालीमा

ग्लोवल आईएमई र क्लियरिङ हाउसवीच सम्झौता, अन्तर बैंक भुक्तानी विद्युतीय प्रणालीमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तर बैंक बिद्युतिय भुक्तानी प्रणाली सम्बन्धि सम्झौता भएको छ । सोमबार एक कार्यक्रमवीच  ग्लोबल आइएमई बैंकका प्रमुख संचालन अधिकृत सुरेन्द्रराज रेग्मी तथा नेपाल क्लियरिङ्ग हाउसको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा  हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल –आइपीएस प्रणाली उपलब्ध गराउने छ । त्यस्तै बैंकका ग्राहकहरुले अन्तर बैंक भुक्तानी तथा रकमान्तर सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ ।  एनसीएचएल–आइपीएस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने जस्ता कारोवारहरु गर्न सकिनेछ ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानीतगायत भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

सो प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिनलगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL