Logo

मेगा बैंकमा नयाँ सञ्चालक समिति, पश्चिमाञ्चल डेभलपमेण्ट बैंकसँगको मर्जरलाई अनुमति

मेगा बैंकमा नयाँ सञ्चालक समिति, पश्चिमाञ्चल डेभलपमेण्ट बैंकसँगको मर्जरलाई अनुमति


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको साधारणसभाले नयाँ सञ्चालकहरुको चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो ।

सञ्चालक समितिमा निर्वाचित हुने संस्थापकहरुमा भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ रहेका छन् । सर्वसाधारण सेयर धनीबाट यसअघि नै चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल निर्वाचित भइसकेका छन् ।

बैैंकको वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश सेयर दिने प्रस्तावलाई समेत पारित गरेको छ । यसै गरी बोनस सेयर वापत लाग्ने करको रकमको लागि जिरो दशमलव ५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यसअघि साधारण सभाको उद्घाटन सभामा बैंकका अध्यक्ष भोजबहादुर शाहले अनेकन चुनौतीबाट जुध्नुपरे पनि मेगा बैंकलाई नेपालको नमुना बैंक बनाउने आफ्नो प्रतिबद्धता यथाबत रहेको बताए । साथै, बैंक स्थापना भएको छोटो समयमा व्यवसायिक रुपमा ठूलो फड्को मारेको उनले जानकारी दिए ।

साधारण सभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि योजनालाई पनि साधारण सभाले पास गरेको छ । जस अनुसार अधिकृत पुँजी १० अर्ब रुपैयाँ, जारी पुँजी ४ अर्ब ५ करोड र चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ पुर्याइने भएको छ

यसैगरी साधारणसभाले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँगको मर्जरलाई पनि अनुमति दिएको छ । मेगा बैंकले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँग मर्जरपछि हुन आउने बैंकको चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ४ बरावर १ को अनुपातमा हदप्रद सेयर निष्काशन गर्ने भएको छ । मेगा बैंक र पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकको सेयर स्वाप रेसियो १ सय ४ रुपैयाँ २५ पैसा र ६७ रुपैयाँ कायम हुने भएको छ ।

कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले गत बैशाख १२ को भूकम्पपछि अर्थतन्त्र अप्ठेरो अवस्थाबाट गुज्रिए पनि मेगा बैंकको वित्तीय अवस्था सकरात्मक भएको जानकारी दिए । उनले गत आर्थिक वर्षमा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी दिँदै चालू आवको पहिलो त्रैमासमा ८ करोड ४३ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL