Logo

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिटान्स सेभिङ एकाउन्ट’ सुचारु, उच्च व्याजदर प्रदान गर्ने

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिटान्स सेभिङ एकाउन्ट’ सुचारु, उच्च व्याजदर प्रदान गर्ने



काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आईरहेको यस नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिटान्स सेभिङ एकाउन्ट’ संचालन ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ।

ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्येको उच्च व्याजदर प्रदान गर्नेछ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्