Logo

सबैभन्दा बढी आयकर तिर्दै नबिल बैंक छैटौँ पटक सम्मानित

सबैभन्दा बढी आयकर तिर्दै नबिल बैंक छैटौँ पटक सम्मानित



काठमाडौं ।  आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी संस्थागत (कर्पोरेट) कर तिरेको नबिल बैंक सम्मानित भएको छ ।

कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।

बैंकले नेपाल सरकारलाई गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँ कर तिरेको थियो । पछिल्लो १० वर्षमा बैंकहरूतर्फ उच्चकर भुक्तानीमा छैटौँ पटक पर्न सफल भएको हो । नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको र यो परिमाण बैंकको कुलपूँजीको १.१६ गुणा भएको बैंकले जानकारी दिएको छ ।


सन् १९८४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL