Logo

मौद्रिक नीतिमा बैंकर्स संघको ८ बूँदे सुझाव, सीडीमा लचकता अपनाउन देखि भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज दिन माग

मौद्रिक नीतिमा बैंकर्स संघको ८ बूँदे सुझाव, सीडीमा लचकता अपनाउन देखि भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज दिन माग



काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको लागि राष्ट्र बैंक समक्ष सुझव पेश गरेको छ । संघका नवनियुक्त अध्यक्ष अनिल कुमार उपाध्याय लगायतका टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाका लागि ८ बुँदे सुझाव पेश गरेका छन् ।

संघले मौद्रिक नीतिको समिक्षामा तरलता अनुपात, सीडी रेसियो, सीआरआर लगायतका टुल्समा लचकता अपनाउन सुझाव दिएको छ । साथै संकले बैंकले भारतीय बैंकमा राखेको निक्षेपमा समेत ब्याज प्रदान गर्न माग गरेको छ ।

बैंकर्स संघल राखेको ८ बुँदै सुझाव

(१) पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेरिया, तरलता अनुपात र सीआरआर लगायतका विषयमा केही लचकता अपनाउने ।

(२) ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र÷विधि पुनरावलोकन गर्ने ।

(३) निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने ।

(४) एसएमई वण्डलगायत कन्र्भटेवल डिबेन्चर आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने ।

(५) पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने ।

(६) भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने ।

(७) डिजीटल बैंकिङलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।

(८) बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL