Logo

नेपाल बैंकले मनायो ८५ औँ वार्षिकोत्सव : विभिन्न कार्यक्रम आयोजना तथा सहयोग प्रदान

नेपाल बैंकले मनायो ८५ औँ वार्षिकोत्सव : विभिन्न कार्यक्रम आयोजना तथा सहयोग प्रदान



वि।सं। १९९४ कार्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले ८५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी सहयोग प्रदान गरेको छ । बैंकले भूगोलपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीलगायत बैंकका कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान गरेका थिए । बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, वातावरणीय, सरसफाइ, शैक्षिक, स्वास्थ्य, वित्तीय साक्षरता लगायत विभिन्न सामुदायिक हित संरक्षणका क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रमको आयोजना गर्ने र सामाजिक कार्यमा संलग्न संस्थाहरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ ।

त्यसैको निरन्तरता स्वरूप नेपाल बैंक लिमिटेड स्थापनाको ८५औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रादेशिक कार्यालय, प्रदेश नं। १ अन्तर्गत सूनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१४ स्थित श्री पार्वती माध्यमिक विद्यालयलाई १० थान सिलिङ पंखा र २ थान स्टिलको दराज प्रदान गरेको छ । मोरङ जिल्लाको सुन्दर हरैचामा अवस्थित रणकाली मन्दिरमा आउने भक्तजनहरू बस्नका लागि लागि १०० थान प्लास्टिकका कुर्सी प्रदान गर्ने, प्रादेशिक कार्यालय, प्रदेश नं। २ अन्तर्गत, वीरगञ्ज उपमहानगरपालिकामा रहेको मानव सेवा आश्रममा रहेका आश्रितहरूका लागि जाडोमा लगाउन मिल्ने ७५ थान ट्रयाकसूट र खाद्य सामाग्री वितरण गरेको छ ।

पर्सा जिल्लाको लंगटी गाउँ पालपलिकामा रहेको दलित बस्तीका ४५ घर परिवारलाई जाडोमा लगाउने कपडा ९कम्बल० वितरण, प्रादेशिक कार्यालय, गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका–१७ विरौटा र पोखरा महानगरपालिका–२५ हेम्जामा रहेको मानव सेवा आश्रममा बस्ने आश्रितहरूका लागि न्यानो कपडा वितरण गरेको छ । प्रादेशिक कार्यालय लूम्बिनी प्रदेश अन्तर्गत बुटवल उपमहानगरपालिका रहेको मानव सेवा आश्रममा रहेका आश्रितहरूका लागि खाद्यान्न सामाग्री वितरण, प्रादेशिक कार्यालय, सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालिकास्थित दृष्ट्री धनगढीलाई लो बेड, बेडिङ र बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको छ ।

यसैगरी धनगढीस्थित मानवसेवा आश्रम, धनगढीका आश्रितहरूलाई खाद्य सामग्री र कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । गर्ने लगायतका सामाजिक कार्यहरू गरिएको ब्यहोरा अनुरोध गर्दछौँ ।

बैंकमा अनवरत रूपमा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक समारोहबीच प्रतीक तथा प्रशंसा पत्र वितरण गरेका बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्