Logo

कृषि बैंकले माग्यो २ सय ९८ कर्मचारी, न्यूनतम योग्यता प्लस टु पास

कृषि बैंकले माग्यो २ सय ९८ कर्मचारी, न्यूनतम योग्यता प्लस टु पास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंकले एकै पटक २सय ९८ कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको सो बैंकले पाचौं तहमा ४० जना र सहायक लेखापाल चौथो तहमा २सय ५८ जनाका लागि रोजगारी खुला गरेको हो ।

त्यसैगरी बैंकले व्यवसायक सहायक, सहायक स्तर प्रथम श्रेणीको पाचौं तहमा ४० जना कर्मचारी मागेको छ । पाँचौ तहको लागि स्नातक उत्तिर्ण हुनुपर्ने बैंकले जानकारी दिएके छ ।

बैंकले लेखापाल सहायक स्तर, चौथो तहको द्वितीय श्रेणीका लागि बैंकले दुईसय ५८ जना प्रमाणपत्र उत्तिर्ण कर्मचारी माग गरेको छ । बैंकले चौथो तहका कर्मचारीको परीक्षा फागुन २९ गते र ५औं तहका कर्मचारीको परीक्षा चैत ६ गते हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL