Logo

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ, मासिक तलव साढे २ लाख

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ, मासिक तलव साढे २ लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । तत्कालिन सीईओ कृष्णप्रसाद शर्माको ४ वर्षे कार्यकाल सकिएपछि बैंक अर्को सीईओका लागि आवेदन माग गरेको हो ।

सीईओ हुनका लागि न्युनतम स्नातक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जानकार दिएको छ । सो पदका लागि यहि माग १५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

सीईओ न्युक्तिका अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटको संयोजकत्वमा गठित पदपुर्ति समितिले आवेदन माग गरेको हो । सो पदमा आवेदन दिनका लागि सञ्चालक तथा कार्यकारी पदमा पाँच बर्ष अनुभव भएको हुनुपर्ने छ । सीईओको तलव मासिक २ लाख ६० हजार रुपैयाँ हुनेसमेत आवेदनमा उल्लेख छ ।

आवेदन दिनका लागि ६० बर्ष भन्दा कम उमेर समुहको हुनुपर्ने छ । साथै, आवेदन कर्ता कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL