Logo

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने, यस्तो छ बोनस र नगदको दर

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने, यस्तो छ बोनस र नगदको दर



काठमाडौँ । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्