Logo

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर



काठमाडौं । प्राईम कमर्सियल बैंकले १६.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले बोनस सेयर र नगद गरी उक्त लाभांश घोषणा गरेको हो । जसमध्ये १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश घोषणा गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


बैंक संचालक समितिको सोमबार ४ बजे बसेको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति सेयर १६.६३ प्रतिशत लाभाँश प्रस्ताव गर्ने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर र नगद लाभाँश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयर धनीलाई पै्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL