Logo

कोरियाबाट ग्लोबल आईएमईमा सिधै पैसा पठाउन सकिने, एक्स्चेञ्ज रेटमा ३० र रेमिट्यान्समा ५० प्रतिशत छुट

कोरियाबाट ग्लोबल आईएमईमा सिधै पैसा पठाउन सकिने, एक्स्चेञ्ज रेटमा ३० र रेमिट्यान्समा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कोरियाबाट ग्लोवल आईमई बैंकमा सोझै पैसा पठाउन सकिने भएको छ । इन्ट्रष्टियल बैंक अफ कोरियाले प्रदान गर्दै आएको स्मार्ट बैंकिङ तथा एटीएमार्फत ग्लोवल आईएमई बैंकमा सिधै पैसा पठाउन सकिने भएको हो ।

सोको लागि इन्ट्रष्टियल बैंक अफ कोरियाले प्रदान गर्ने स्मार्ट बैकिङ एप डाउनलोड गर्नु पर्दछ । सो एपमार्फत घरमै वसि पैसा पठाउन सकिने बैंकले जानकारी दिएको छ । त्यस्तै इन्ट्रष्टियल बैंक अफ कोरियामा खोलका आफ्नो खातामा रकम जम्मा गरि सो बैंकको जुनसुकै एटिएम आउटलेटबाट समेत पैसा पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

ग्लोबल आइएमई बैंक र इन्ट्रष्टियल बैंक अफ कोरियाको सहकार्यमा स्मार्ट बैंकिङ र एटीएममाफर्त पैसा पठाउन सकिने भएपछि अव कोरियामा कार्यरत नेपालीहरुले नेपालमा पैसा पठाउन बैंक सम्म पुग्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । यसैगरिे इन्ट्रष्टियल बैंक अफ कोरियाबाट नेपालमा पैसा पठाउँदा एक्सचेन्ज रेटमा ३० प्रतिसत र रेमिट्यान्स शुल्कमा ५० प्रतिशत छुट समेत दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL