Logo

ग्लोबल आइएमई बैंकका नयाँ ३ शाखा, शाखा संख्या २८६ पुग्यो

ग्लोबल आइएमई बैंकका नयाँ ३ शाखा, शाखा संख्या २८६ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा सञ्जालसहित २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउन्टर, २६२ शाखारहित बैंकिङ सेवा र ३ अन्तरराष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना २७ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL