Logo

सनराइजको दुई शाखा स्थानान्तरण, धरान र काभ्रेमा शाखारहित सेवा सञ्चालन

सनराइजको दुई शाखा स्थानान्तरण, धरान र काभ्रेमा शाखारहित सेवा सञ्चालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार शाखा र शंखमुल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेको छ ।

आइतवार एक कार्यक्रमवीच गोठाटार शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले गरे । त्यस्तै शंखमुल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरे । साथै बैंकले शंखमुलको नयाँ स्थानमा सेफ डिपोजिट लकर सुविधा समेत थप गरेको बताएको छ ।

बैंकको दुबै शाखा मार्फत गोठाटार र शंखमुल क्षेत्रमा अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गरिने बताइएको छ ।

साथै त्यस क्षेत्रमा निक्षेप संकलन तथा साना एवं मझौला ब्यवसाय, हायर पर्चेजलगायत सेफ डिपोजिट लकर सुविधाको साथै रेमिट्यान्स सेवा र अन्य बैंकिङ्ग सेवाहरु स्वस्थ प्रतिस्पर्धी ढंङ्गले प्रवद्र्घन गर्न तथा पर्याप्त तथा फराकिलोठाउँबाट सेवा प्रदान गर्नका लागि शाखा स्थानान्तरण गरिएको हो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६४ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि पि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा एक्टेन्सन काउन्टर तथा काभ्रे जिल्लास्थित मंगलटारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL