Logo

मेगाको ५३ स्थानमा शाखारहित बैंकिङ, सीईओ शाह भन्छन्, २ वर्षभित्र ७६ वटा पुर्याउछौं

मेगाको ५३ स्थानमा शाखारहित बैंकिङ, सीईओ शाह भन्छन्, २ वर्षभित्र ७६ वटा पुर्याउछौं


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंकले देशमा विभिन्न ५३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यका वाहिरका विभिन्न १८ वटा जिल्लामा सो सेवा संचालनमा ल्याएको हो । बैंकले पछिल्लो पटक कैलालीको घैलाबौनियामा यसै साता सो सेवा संचालनमा ल्याएको छ ।

बैंकले ४ वर्ष अघि नेपालमै पहिलोपटक शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो । आगामी २ बर्षभित्र थप २३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य रहेको मेगा बैंकका प्रमुखकार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । ‘ आगामी २ बर्षभित्र मेगा बैंकका शाखारहित बैंकिङ सेवाको संख्या ७६ वटा पुग्नेछ,’ उनले भने, ‘बैकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ शाखारहित सेवा सुरु गरिरहेका छौं ।’ साथै, शाखारहित सेवामा ग्रामीण भेगका जनताको अत्याधिक सहभागिता रहने सीईओ शाहको दावी छ ।

शाखारहित बैंकिङ सेवामा ग्राहकले खाता खोल्न, रकम बचत गर्न तथा ऋण लिन, खाताको मौज्दातबारे जानकारी लगायतका सुविधा पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL