काठमाडौं । आंखु खोला हाइड्रोद्धारा प्रवद्धित रहेका ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ । मंगलबार एक कार्यक्रमबीच आयोजना र ऋण लगानीगर्ने बैंकहरुबीच वित्तीय व्यवस्थापनको लागि सम्झौता भएको हो ।
सो आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा ५ ओटा वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । जसमा नेपाल एसबीआई बैंक लि, नेपाल बङ्गलादेश बैंक लि, मेगा बैंक नेपाल लिर सिभिल बैँक लि रहेका छन् ।
उक्त परियोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जसमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा बैंकहरुले लगानी गर्ने छन् । उक्त आयोजनामा ५ वाणिज्य बैंकहरुले ५ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्ने छन् भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
आयोजना आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रत्रृmया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ ।