Logo

बिओके र आईएमएसबीच सम्झौता, बैंकका ग्राहकले शुन्य ब्याजदरमा सामसुङको सामान किन्न पाउने

बिओके र आईएमएसबीच सम्झौता, बैंकका ग्राहकले शुन्य ब्याजदरमा सामसुङको सामान किन्न पाउने



काठमाडौँ । दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुको लागि अफर ल्याएको छ ।

यसअफर अन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याबलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंकका क्रेडिट कार्डबाहकलाई यस्तो सेवा दिने सम्झौता भएको हो ।

यस योजनाको लागि ग्राहकहरुले बैंकको क्रेडिट कार्ड लिन अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् । यस सरल किस्ताबन्दी योजनामा ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुविधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुविधाहरु पाउनेछन् ।

नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालको काठमाण्डौंमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL