Logo

एनएमबिको बैंक खाता भिडियो कलबाट ५ मिनेटमै खोल्न सकिने

एनएमबिको बैंक खाता भिडियो कलबाट ५ मिनेटमै खोल्न सकिने



काठमाडौँ । एनएमबि बैंकमा खाता नभएका ग्राहकहरुले भिडियो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै कुनै पनि स्थानबाट खाता खोली कारोवार गर्न सक्ने भएका छन् ।

भिडियो केवाइसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । भिडियो केवाइसीको लागी डिजिटल लिंक यस प्रकार रहेको छः https://vcc.nmb.com.np बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL