Logo

ग्लोबल आइएमई बैंक दशौं वर्षमा, प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक दशौं वर्षमा, प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशौं वर्षमा प्रवेश गरेको अवसरमा प्रभावफेरी कार्यक्रम गरेको छ । बैंकले राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्य अनुरुप ‘बचत गरौं’ भन्ने मुला नारासहित प्रभातफेरी कार्यक्रम गरेको थियो ।

बैंकको कान्तिपथ शाखादेखि सुरु भएको सो कार्यक्रम दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, धरहरा न्यूरोडगेट, बीरहस्पिटल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । सो कार्यक्रममा साढे ६ सयभन्दा बढी कर्मचारीको उपस्थिती रहेको बैंकले जानकारी दिएको छ । साथै, बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम समेत गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको देशभर ८९ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर, ९४ वटा एटीएम र ३९ वटा शाखारहित बैंकिङ सेवामार्फत ५ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL