Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, दरबार हाई स्कूललाई सहयोग

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, दरबार हाई स्कूललाई सहयोग



काठमाडौँ । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।

मंगलबार दरबार हाई स्कूलमा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानध्यापक शिवराज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका थिए ।

बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौंलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।

सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL