Logo

कुमारी बैंकले पार्यो लगानीकर्तालाई निराश, ६ प्रतिशत मात्र बोनस घोषणा गर्दा नगद लाभांश कति ?

कुमारी बैंकले पार्यो लगानीकर्तालाई निराश, ६ प्रतिशत मात्र बोनस घोषणा गर्दा नगद लाभांश कति ?



काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७७–७८ को लाभांश प्रस्ताव गरेको छ । बैंकले मुनाफाबाट ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

असोज ११ गते बसेको संचालक समितिको बैठकले बैंकको चुक्तापुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैंकले कम दरमा बोनस सेयर घोषणा गरेसँगै लगानीकर्ता निराश भएका छन् ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गर्नेछ । बैंकले साधारणसभा र बुक क्लोजको मिति भने तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL