Logo

प्राइम बैक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तरबैंक भुक्तानी विद्युतीय प्रणालीमा

प्राइम बैक र क्लियरिङ हाउसबीच सम्झौता, अन्तरबैंक भुक्तानी विद्युतीय प्रणालीमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानीका लागि सम्झौता भएको छ । अन्तर बैंक विद्युतीय भुक्तानी संचालनका लागि एक कार्यक्रमबीच प्राइम बैंकमा प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर र क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले गरे ।

यसैगरी, सो कार्यका लागि रदेभ विकास बैक र क्यिरिङ हाउसबीच पनि सम्झौता भएको छ । सो सम्झौतामा क्यिरिङ हाउसका सीईओ प्रधान र रदेभ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस प्रणाली अन्तरगत आवद्ध सदस्य संस्थाका ग्राहकहरुले कुनै पनि खातामा भुक्तानी दिने र लिनेलायतका कारोवार गर्न सक्नेछन् । यस्तै, ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिलभुक्तानी, प्रीमियमभुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलबभुक्तानी, रेमिटेन्स लगायतका भुक्तानी लिन सक्नेछन् ।

यस प्रणालीमा हालसम्म १४ वटा बैंकहरु आवद्ध भइसकेको क्यिरिङ हाउसले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL