Logo

सनराइजले शुरु गर्यो शाखा रहित बैंकिङ सेवा, पहिलो शाखा कार्भेको मंगलटारमा

सनराइजले शुरु गर्यो शाखा रहित बैंकिङ सेवा, पहिलो शाखा कार्भेको मंगलटारमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकले पहिलो पटक शाखारहित बैंकिङ सेवा सुरू गरेको छ । बैंकले बैंकिङ सेवा नपुगेको स्थानहरुमा सो सेवा पुर्याउने उद्देश्य अनुरुप आफुहरुले पनि शाखा रहित बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको छ ।

बैंकले पहिलो चरणमा काभ्रे जिल्लाको मंगलटार बजारमा शाखा रहित बैकिङ सेवा उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमबीच बैंकका संचालक डा.दीपकप्रसाद भट्टराईले उक्त शाखाको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्र्यले शाखा रहित बैंकिङ सेवाको वारेमा स्थानीयलाई जानकारी समेत दिएका थिए । आगामी दिनमा अन्य स्थानमा पनि सो सेवालाई विस्तार गरिने बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्