Logo

भोलिदेखि दशैँका लागि नयाँ नोट साटन पाइने, प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा

भोलिदेखि दशैँका लागि नयाँ नोट साटन पाइने, प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा



काठमाडौं । यो वर्षको दशैंका लागि भोलिदेखि नयाँ नोट वितरण हुँदैछ । नेपाल राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकले ४ गतेदेखि नै नयाँ नोट बाँडे पनि अन्य बैंक तथा वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्नेछन् ।

काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत नयाँ नोट सटही सुविधा दिइने भएको छ । उपत्यका बाहिरका लागि भने राष्ट्र बैंकको प्रेस कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने जनाइएको छ ।

यो वर्षको दशैँका लागि ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । यो वर्ष राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ । दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

राष्ट्र बैंकले यसपालि पनि ५० अर्ब बढीको नयाँ नोट सटहीका लागि व्यवस्था गरिसकेको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा पाइनेछ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL