Logo

इन्टरनेशनल बैंकको सेयर अभौतिकरण, सेयरधनी लाभान्वित हुने विश्वास

इन्टरनेशनल बैंकको सेयर अभौतिकरण, सेयरधनी लाभान्वित हुने विश्वास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । इन्टरनेशलन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण सेयर अभौतिकरण गर्ने भएको छ । बैंकले सोमवार सिडिएस एण्ड क्लियरिङ हाउससँग क्लियरिङ हाउससँग सेयर अभौतिकरण सम्वन्धि सम्झौता गरेको हो ।

सम्झौताबाट सम्पूर्ण शेयरधनीहरुले आफ्ना शेयरहरु अभौतिक गरी लाभान्वित हुने बैंकको विश्वास छ ।

बैंकले गत मंसिर ११ गते ३ ओटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सम्झौता गरिसकेको छ । बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, सुप्रिम डेभलपमेन्ट बैंक तथा एपेक्स डेभलपमेन्ट बैकसँग मर्जर सम्वन्धि सम्झौता गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी रु ७० करोड ४० लाख रहेको छ भने निक्षेप रु ५ अर्ब २५ करोड तथा कर्जा लगानी रु ४ अर्ब ६० करोड रहेको छ ।

मिति २०६६ सालमा स्थापना भएको सो बैंकले समय सापेक्षित अत्याधुनिक बैकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्