काठमाडौं ।नेपाली नोट प्रयोग कर्ताका लागि नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । बैंकले नेपाली नोट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक विज्ञप्ती जारी गर्दै उक्त सुझाव दिएको हो ।
बैंकले विशेषगरी कागजका नोटलाई जथाभानी केरमेट नगर्न तथा मनि व्यागमा मात्र बोक्न अनुराध गरेको छ । यस्तै नोटमा स्टीच तथा टाँचा समेत नलगाउँन आग्रह गरेको छ । यसरी स्टीच तथा टाँचा लगाउँदा चाडै च्यातिने भएकाले त्यसो नगर्न आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ । हाल विशेषगरी बैंक तथा वित्तीय संस्थाले नोटमा स्टीच लगाउँदै आएका छन् ।
साथै, मठ मीन्दर तथा यज्ञमा दान गर्दा पनि नोटको प्रयोग नगर्न आग्रह गरेको छ । सकरभ त्यस्ता ठाउँमा रसिद लिएर चन्दा तथा दान दिन आग्रह गरेको छ ।
के–के छन् सुझाब हेर्नुहोस सुचिमा ।