Logo

बैंकर्स संघको उपाध्यक्षमा महर्जन, सदस्यहरु निर्विरोध चयन

बैंकर्स संघको उपाध्यक्षमा महर्जन, सदस्यहरु निर्विरोध चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा किशोर महर्जन चयन भएका छन् । उनी सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

तत्कालीन उपाध्यक्ष रत्नराज बज्राचार्यले आफ्नो उमेद्वारी नदिएपछि नदिएपछि महर्जनले उमेद्वारी दिएको संघले जानकारी दिएको छ ।

संघको उपाध्यक्षमा महर्जनसहित कार्यसमितिमा ७ जना सदस्यहरु निर्विरोध चयन भएका छन् । संघको पुरानो कार्यसमितिबाट २ जना सदस्यले मात्र निरन्तरदा दिएका छन् । जसमा सानिमा बैंकका सीईओ भुवन दाहाल र एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाले रहेका छन् ।

संघको नयाँ सदस्याहरुमा प्रभु बैंकका अशोक शेरचन, एरेष्ट बैंकका एके आहलुवालिया, कृषि विकास बैंकका लिलाप्रकाश सिटौला, लक्ष्मी बैंकका सुदेस खालिङ, नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योति पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

हाल संघको अध्यक्षमा एनएमबी बैंकका सीईओ उपेन्द्र पौडेल छन् भने अर्का उपाध्यक्ष मेगा बैंकका अनिल शाह हुन् । संघको निर्वाचित कार्यसमितिलाई आज साझ बस्ने संघको साधारणसभाले अनुमोदन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL