Logo

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा संचालनमा, शाखारहित बैंकिङ संख्या ८९ पुग्यो

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा संचालनमा, शाखारहित बैंकिङ संख्या ८९ पुग्यो



काठमाडौं । सनराइज बैंक लिमिटेडले २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यसैगरी, सुनसरीको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL