Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजारको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

बैंकका वरिष्ठ प्रबन्धक प्रदीप पन्तले विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । बालिकाहरूको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ ।

यस अभियानअन्तर्गत विद्यालयका करिब तीन सय विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL