Logo

गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौं, फरक बुझाईले समस्या आयो : महालक्ष्मी विकास बैंक

गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौं, फरक बुझाईले समस्या आयो : महालक्ष्मी विकास बैंक



काठमाडौं । महालक्ष्मी विकास बैंकले गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय हो । बैंक र ग्राहकबिच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरी दिनुहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं’, बैंकले जारी गरेको विज्ञप्तिामा छ ।


शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझेको जानकारी गराउँदैं बैंकले आफ्ना ग्राहकहरुप्रति संधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहकको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL